बाँगे पोखरा सामुदायिक मिलन चौतारीको अध्यक्षमा नरहरि पनेरु
पाेखरा | मंसिर २४, २०८१
पोखरा: बाँगे पोखरा सामुदायिक मिलन चौतारीको १५ औं साधारण सभा तथा ७ औं अधिवेशनले नरहरि पनेरुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा चेतनदास शर्मा, द्धितिय उपाध्यक्षमा सीता शर्मा, सचिवमा राजकुमार क्षेत्री, सहसचिवमा बिक्रम (नरबहादुर) क्षेत्री, कोषाध्यक्षमा राम प्रसाद लामिछाने चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा प्रेम बहादुर बिक, डासिराम क्षेत्री, देउ बहादुर क्षेत्री, ठग बहादुर गुरुङ, ज्ञानु क्षेत्री, मनकाजि सुनार र सु. खड्क बहादुर गुरुङ निर्वाचित भएका छन ।
बाँगे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष चन्द्रा गुरुङको अध्यक्षता तथा सस्थाका जेस्ठसदस्य श्री पुर्ण बिर गुरुङ्को प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बिशेष अतिथि फेदिखोला गाउँपालिका वडा न ५ का वडा अध्यक्ष डिल ब गुरुङ ले पोखरा रहेरपनि आफ्नो जन्मभुमि प्रति अथाह माया गर्ने सस्थाले बिगतमा भन्दा अझै राम्रो र गाउकेन्द्रीत कार्यक्रम गर्न उत्प्रेरित गरेका थिए ।
त्यसैगरि बुद्दि ब गुरुङ धर्मदत्त तिमिल्सिना प्रेम ब क्षेत्री, चिजा गुरुङ बिल ब गुरुङ कृस्ण बहादुर क्षेत्री खड्क गुरुङ लगायतले सस्थाको उद्देस्य अनुसार सामाजिक कार्य गर्दै आइरहेको र यसलाइ निरन्तरता दिदै सस्थालाइ अझै उचाइमा पुर्याउन नया निर्बाचित समिति लाग्नुपर्ने बताएका थिएभने स्वागत नरहरि पनेरु तथा सन्चालन चेतनदास शर्माले गरेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

